सरकार सबै समुदायलाई जोड्न लागेको छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार मधेस, पहाड र हिमाललाई जोडेर लैजाने काममा लागेको बताएका छन् ।
२१४४ औँ ग्याल्बो ल्होसारका अवसरमा आज हिमालयन सांस्कृतिक केन्द्रले राजधानीको सिफलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले सबै क्षेत्रमा बसोबास गर्ने नेपालीलाई जोडेर अगाडि बढिरहेको बताएका हुन् ।
सबै जातजाति र भाषाभाषी भएकैले नेपाल सबैको साझा फूलबारी बनेको प्रधानमन्त्री दाहालले बताए । सबैको एकताले मात्र राष्ट्रिय एकता बलियो हुने प्रधानमन्त्रीको धारणा थियो ।