शेख कमल कपबाट मनाङ बाहिरियो (भिडियो)
बंगलादेशमा जारी शेख कमल अन्तराष्ट्रिय क्लब कपबाट लक्ष्मी हुण्डाई मनाङ मर्स्याङदी क्लब बाहिरिएको छ । १६ फागुनमा भएको सेमीफाइनलमा मनाङ माल्दिभ्सको टिएस स्पोर्टस् क्लबसँग १–० गोलले पराजित भएको हो ।
प्रतिस्पर्धात्मक खेलको ८३ औं मिनेटमा मनाङका गोलकिपर दिनेश थापा मगरको कमजोरीमा टिएस स्पोर्टस्ले गोल गरेको हो । टिएस स्पोर्टस्बाट खेलेका किरणकुमार चेम्जोङको प्रदर्शन भने दर्शनीय थियो ।