‘मेनुफेस्टो’मा होइन, ‘मनिफेस्टो’मा चुनाव हुन थाल्योः प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त अयोद्यीप्रसाद यादवले चुनाव ‘मेनुफेस्टो’मा नभइ ‘मनिफेस्टो’ हुन थालेको बताउदै यसलाई रोक्नु पर्नेमा जोड दिएका छन् ।
नेपाल जेसिजले १६ फागुनमा नवलपरासीको कावासोतीमा आयोजना गरेको ‘लोम/लोन लिडर्स’ कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले चुनावलाई मर्यादित बनाउनु पर्ने बताए । उनले भने, “निर्वाचन ‘मेनुफेस्टो’को आधारमा हुनु छाडेको छ । ‘मनीफेष्टो’को आधारमा हुने ‘ट्रेन्ड’ छ । यसलाई रोक्नुपर्छ ।” राजनीतिक दल, नागरिक समाज र मतदाता सबैले लाग्नु पर्ने बताए ।
अगामी ३१ बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तयारी गरिरहेको बताए । अहिले राजनीनिक दलका भातृ संस्थाका युवालाई मतदाता शिक्षासम्बन्धी जानकारी दिने काम भइरहेको बताउदै जिल्ला जिल्लामा कार्यक्रम सञ्चालन गरिने बताए ।
समावेशी लोकतन्त्रलाई संस्थागत गर्न र राष्ट्रको समृद्धिको लागि निर्वाचन अपरिहार्य भएको उनको भनाइ थियो । लोकतन्त्रको आधार निर्वाचन भएको बताउदै उनले भने “मतदान ‘च्वइस’ होइन, ‘ड्यूटी’को रुपमा लिनुपर्छ ।”
विद्रोही गिरी, नवलपरासी