नेपाली सेनाका प्रवक्तालाई मानार्थ उपरथीको दर्जा
प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीले नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीलाई मानार्थ उपरथी दर्जाकोे दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
सैनिक सेवा नियमावली २०६९ मा व्यवस्था भएअनुसार नेपाली सेनाका साधारणतर्फका सहायक रथी ताराबहादुर कार्कीको कार्यदक्षता एवम् संस्थाप्रति पुर्याएको विशेष योगदानका आधारमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम मानार्थ उपरथी दर्जाकोे दज्र्यानी चिह्न प्रदान गरिएको हो ।
सोही समारोहमा महासेनानी (पाइलट) कुमार रायमाझीलाई सहायक रथी (पाइलट) दर्जाको दज्र्यानी चिह्नसमेत प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
रासस