अवैध रुपमा माटो उत्खनन गर्ने आठ ट्याक्टर प्रहरी नियन्त्रणमा
अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने आठ ट्याक्टर र तीनवटा जेसिवी चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको नदीजन्य पदार्थ उत्खनन नियन्त्रण तथा निरुत्साहित गर्ने अभियानअन्तर्गत पश्चिम चितवनमा उत्खनन गर्दै गरेका बेला प्रहरीले आठ वटा ट्याक्टर र तीन वटा जेसिवी नियन्त्रणमा लिएको हो ।
भरतपुर–१८ को सिद्धी गणेश सामुदायिक वन क्षेत्रअन्तर्गत नारायणी नदी किनारमा गिटी–बालुवा उत्खनन गर्ने क्रममा आइतबार वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक निरञ्जन भट्टराईको कमाण्डमा खटीएको प्रहरी टोलीले वरपिपल कन्ट्रक्सनको तीन वटा जेसिवी र आठ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका ट्याक्टर र जेसिवी कारबाहीका लागि जिल्ला विकास समिति चितवनमा पठाइएको प्रहरीले जनाएको छ ।