फोरम लोकतान्त्रिकसहित ५ दलद्वारा संशोधन दर्ता
सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमाथि मधेशी जनअधिकार फोरम सहित पाँच दलहरूले थप संशोधन दर्ता गराएका छन्।
उनीहरुले दर्ता गराएको संशोधनमा ८ प्रदेशको प्रस्ताव गरिएको छ ।
झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर र सिराहा राखेर नयाँ प्रदेश बनाउनु पर्ने प्रस्ताव गरिएको छ भने चितवनलाई टुक्याएर नवलपरासीलाई भने नटुक्र्याउन प्रस्ताव गरिएको छ। फोरम लोकतान्त्रिकसँगै प्रस्ताव दर्ता गराउने अन्य चार दलमा थरुहट तराई पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च –थरुहट), दलित जनजाति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा छन् ।
यसअघि सत्तारुढ कांग्रेस र एमाओवादीका सांसदहरुले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई नटुक्राउन माग गर्दै संशोधन दर्ता गराएका छन् ।