संशोधन विधेयक अघि नबढाउन राप्रपाको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टीले यथास्थितिमा संशोधन विधेयक अघि बढाउँदा राजनीतिक रुपमा प्रत्युत्पादक हुने भन्दै दलहरुबीच नयाँ समझदारी बनाएर मात्र अघि बढ्न आग्रह गरेको छ ।
राप्रपाको आज बसेको केन्द्रीय समितिको बैठकले अहिलेकै अवस्थामा विधेयक अघि बढाउँदा पारित हुन नसक्ने र त्यसले निर्वाचनको वातावरण समेत धमिल्याउने भन्दै विधेयकलाई निर्णायक अवस्थामा पुर्याउनु अघि सबै पक्षका बीच समझदारी कायम गर्न आह्वान गरेको छ ।
विधेयकमा समझदारी कायम नभएसम्म राप्रपाले संशोधन प्रस्ताव नराख्ने र प्रस्तुत विधेयकको समर्थन पनि नगर्ने जनाएको छ ।