स्थानीय निर्वाचनमा आशङ्का: नेता नेपाल
नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ३१ वैशाखका लागि घोषित स्थानीय तहको चुनाव हुनेमा आशङ्का रहेको बताएका छन् ।
पर्वत सदरमुकाम कुश्माबजारमा १३ फागुन साँझ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सत्ताको नेतृत्व गरेका दल निर्वाचनप्रति गम्भीर नभएका कारण चुनाव भइहाल्छ भनेर ढुक्क हुन सकिने वातावरण नभएको बताएका हुन ।
एकातिर मधेसी दलको विरोध अर्कोतर्फ सरकारको सुस्त गतिको तयारीका कारण चुनाव हुनेमा आफू विश्वस्त हुन नसकेको उनको भनाई छ ।
संविधान संशोधन प्रस्ताव मुलुकको हितमा नरहेको बताउँदै नेता नेपालले एमाले कुनै पनि हालतमा यसको पक्षमा नरहने बताए ।
नेता नेपालले भने ‘‘संविधान कार्यान्वयन नभएमा विभिन्न शक्तिले टाउको उठाउन खोजेका छन् । यसलाई परास्त गर्न पनि राजनीतिक शक्तिहरुबीच एकताको खाँचो छ ।’’ रासस