मनाङ शेख कमल अन्तराष्ट्रिय कपको सेमिफाइनलमा
लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब बंगलादेशमा जारी शेख कमल अन्तराष्ट्रिय क्लब कपको सेमिफाइनलमा पुगेको छ । समूह बीको उपविजेता हुँदै मनाङ दोस्रो चरणमा पुगेको हो ।
मनाङ २–२ को बराबरीमा रोकियो
बंगलादेशमा जारी शेख कमल अन्तराष्ट्रिय क्लब कपमा लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लब चितगोङ अवहानीसँग बराबरीमा रोकिएको छ । माँ अजिज रंगशालामा १३ फागुनमा २–२ गोलको बराबरी खेलेपछि मनाङको सेमिफाइनल यात्रा कठिन बनेको छ ।
समूह ‘बी’ मा रहेको मनाङको चार अंक छ । मनाङको भाग्य चम्किन अफगानिस्तानको सहिन आशमेयी क्लबलाई ढाका मोहमडन क्लबले पराजित गर्नुपर्दछ ।
खेल शुरु भएको तेस्रो मिनेटमा अवाले अफिजले मनाङका लागि पहिलो गोल गरेका थिए । २२ औं मिनेटमा अफिजले दोस्रो गोल गरे पनि मनाङले अग्रता जोगाउन सकेन । ३२ र ६३ औं मिनेटमा गोल फर्काएर अवहानीले बराबरी गर्यो ।
मनाङले पटक पटक अवसर सिर्जना गरे पनि गोल थप्न सकेन । अन्तिम मिनेटमा देवेन्द्र तामाङको क्रसमा मनाङका कप्तान अनिल गुरुङको प्रहार पोलमा लागेर फर्किएको थियो ।
११ फागुनमा सहिन आशमेयीसँग पराजित भएको मनाङले ८ फागुनमा ढाका मोहमडन क्लबलाई २–० ले पराजित गरेको थियो ।