बजाज पल्सर एनएस १६० सार्वजनिक
नेपालमा धेरै रुचाइएको अटोमोबाइल ब्राण्ड एचएच बजाजले नयाँ पल्सर एनएस १६० सार्वजनिक गरेको छ ।
मोटरसाइकल सार्वजनिक गर्दै हंसराज हुलासचन्द कम्पनी प्रा. लि. का कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘बजाजले बजारमा नेतृत्व लिनुको सबैभन्दा महत्त्वपूर्ण विषय भनेको यसको उच्च तहको डिजाइन तथा विशिष्ट ईन्जिन प्रविधि नै हो र यो पल्सर परिवारमा नयाँ हिस्सा हो, हामी फेरी यो क्षेत्रमा नयाँ कन्सेप्टका साथ अगाडि आएका छौँ ।’
नयाँ पल्सर एनएस १६० मा अल न्यू डिटिएसआई १६०.३ सीसीको ओइल कुल्ड सिंगल सिलिण्डर इन्जिन रहेको छ ।
यो मोटरसाइकलले १५.५ पिए एट दि रेट ८,५०० आरपीएमको शक्ति तथा ६,५०० आरपीएममा १४.६ एनएमको अधिकतम टर्क उत्पन्न गर्दछ ।
पल्सर एनएस १६० मा ५५ वाटको हेलोजिन हेडल्याम्प, नयाँ फ्यूल फिलर क्याप, एनालग टुयाक्टोमिटरका साथमा क्लियर लेन्स इन्डिकेटरहरु रहेका छन् ।
पल्सर एनएस १६० प्यासन रेड, पर्ल मेटालिक ह्वाइट र सापिरे ब्लू मिक्ड स्टेन ब्ल्याक रंगमा उपलब्ध छ । यो मोटरसाइकलकाे शुरुवाती मूल्य रु २ लाख ५९ हजार ९०० रहेको कम्पनीले जनाएको छ ।