संशोधन विधेयक अघि बढाउन एमाले सहमत
सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच संविधान संशोधन विधेयकलाई छलफलको प्रक्रियामा लैजाने सहमति भएको छ ।
आज बिहान सभामुख ओनसरी घर्तीको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकमा संविधान संशोधन विधेयकलाई छलफलको प्रक्रियामा लैजान सहमति भएको हो ।
आजैबाट संसद्को बैठक सञ्चालन हुने र संविधान संशोधनलगायत कार्यसूचीमा रहेका विषय प्रक्रियागत रुपमा अघि बढाउन प्रतिपक्षले सहयोग गर्ने सहमति भएको सभामुख घर्तीले जानकारी दिइन् ।
“सहमतिभन्दा अर्को विकल्प छैन । आज भएको सहमतिप्रति म खुसी व्यक्त गर्दछु,” सभामुख घर्तीले भनिन् । व्यवस्थापिका संसद्को बैठक आज अपराह्न ३ बजे बस्दैछ ।