पृथ्वी जस्तै सातवटा ग्रह भेटिए
पृथ्वी जस्तै अन्य सातवटा ग्रह भेटिएका छन् । अन्तरिक्षसम्बन्धी खोज तथा अनुसन्धान गर्ने अमेरिकी संस्था नेसनल अरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले नयाँ ग्रह पत्ता लगाएको हो ।
११ फागुनमा नासा मुख्यालय वासिङ्टनमा पत्रकार सम्मेलन गरेर नासाले नयाँ खोज सार्वजनिक गरेको हो । त्यस्तै ‘नेचर’ जर्नलमा पनि यसबारे प्रकाशित भएकोे छ ।
नासाले सार्वजनिक गरेको नयाँ खोज अनुसार पृथ्वी भन्दा ४० प्रकाश वर्ष टाढा पृथ्वी जस्तै सातवटा ग्रह भेटिएका हुन । सूर्यको प्रकाश एक सेकेण्डमा २ लाख ९९ हजार ७९२ किलोमिटर टाढा पुग्छ । एक वर्ष अर्थात ३६५ दिनमा सूर्यको प्रकाश पुग्ने दूरीलाई एक प्रकाश वर्ष भनिन्छ ।
नासाले ब्रह्माण्डमा पृथ्वीभन्दा ४० प्रकाश वर्ष टाढा पृथ्वीजस्तै वातावरण भएको जनाएको छ । नयाँ भेटिएका सातवटा ग्रह पनि पृथ्वी जस्तै रहेको सार्वजनिक गरेको हो । ति सातवटै ग्रहको सहतमा पृथ्वीमा जस्तै पानी रहेको दावी गरेको छ ।