राप्रपा अध्यक्ष थापाद्वारा १५ केन्द्रीय सदस्य मनोनयन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज १५ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।
राप्रपाको महाधिवेशन आजै सम्पन्न भएको हो । राप्रपा दलको विधान अनुसार ६० प्रतिशत केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भएका छन् भने बाँकी ४० प्रतिशतलाई अध्यक्षले मनोनय गर्ने व्यवस्था छ ।
थापाले आज मनोनयन गरेका केन्द्रीय सदस्यहरुमा दीपक बोहरा (रुपन्देही), नवराज सुवेदी (रामेछाप), हरिबहादुर बस्नेत (उदयपुर), टंकप्रसाद
ढकाल (भोजपुर), रामकुमार सुब्बा (सुनसरी), दिलनाथ गिरी (संखुवासभा), नरेन्द्र चौधरी (सुनसरी), रामचन्द्र राय सर्लाही छन् ।
त्यसैगरी भीमप्रसाद गौचन (म्याग्दी), रामकृष्ण भट्टराई (मोरङ), उद्धव पौडेल (काठमाडौं), चन्द्रबहादुर गुरुङ (कैलाली), राम थापा (झापा), नरेन्द्रबहादुर चन्द (बैतडी) र गीता बस्नेत (बर्दिया) लाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरेको राप्रपाले जनाएको छ ।