आईजीपी नियुक्तिको मुद्दा ‘हेर्दा हेर्दै’मा
प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति सम्बन्धी मुद्दा ‘हेर्दा हेर्दै’मा परेको छ । आज सुनुवाई नसकिएपछि ‘हेर्दा हेर्दै’मा राखिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलाशमा ११ फागुनमा सुनुवाइ चलेको थियो । सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको आईजीपी नियुक्ति सम्बन्धी मुद्दाको अर्को सुनुवाइ १२ फागुनमा हुने छ ।
मन्त्रीपरिषदले डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेपछि डीआईजी नवराज सिलवालले त्यस विरुद्ध १ फागुनमा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । त्यस्तै अधिवक्ता कपिलदेव ढकालले नियुक्त गर्न अघि २८ माघ र नियुक्त गरिसकेपछि ८ फागुनमा पुरक रिट दायर गरेका थिए ।