संसद् बैठक बिहीबार तीन बजे सम्मका लागि स्थगित
व्यवस्थापिका संसद्को बैठक बिहीबार अपरान्ह ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।
संविधान संशोधनमा आफ्नो पुरानो अडान कायम राख्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित ९ दलको गठबन्धनले बैठक अवरोध गर्ने चेतावनी दिएपछि सूचना टाँसेर स्थगित गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले ९ फागुनमा बसेको सर्वदलिय बैठकमा आज संसद्मा संविधान संशोधन विधयक पेस हुने बताएका थिए ।
बैठक आज दिउँसो २ बजे बोलाइएको थियो ।