आईजीपी नियुक्तिको मुद्दामा आज सुनुवाइ हुँदै
प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त सम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुदै छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलाशमा सुनुवाइ हुने भएको छ । ११ फागुनमा सर्वोच्च अदालतले जारी गरेको दैनिक पेशी सूचिमा अधिवक्ता कपिलदेव ढकालले दायरका गरेका दुइटा रिट र डीआईजी नवराज सिलवालले दर्ता गरेको रिट एउटै इजलासमा राखिएको छ ।
मन्त्रीपरिषदले डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेपछि डीआईजी सिलवालले १ फागुनमा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । अधिवक्ता ढकालले निर्णय नहुदै २८ माघमा र निर्णय भइसकेपछि ८ फागुनमा पुरक रिट दर्ता गरेका थिए ।