मोर्चाका माग सम्बोधन गर्न सबै दल सहमत
स्थानीय तहको निर्वाचनको मिति घोषणा पछि संसदमा संविधान संशोधन प्रस्तावलाई छलफल गराउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोलाएको सर्वदलीय वैठक सम्पन्न भएको छ । वैठकमा मोर्चाका माग सम्बोधन गर्न सबै दल सहमत देखिएका छन् ।
१० फागुन साँझ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बसेको बैठकमा संशोधन प्रस्ताव अगाडी बढाउने विषयमा नेकपा (एमाले) पनि लचिलो देखिएको छ । मोर्चाका माग सम्बोधन गर्ने सहमति भएको प्रधानमन्त्री दालहाले बताए । वैठकपछि बाहिरिदै प्रधानमन्त्री दाहालले एमाले पनि मोर्चाका माग सम्बोधन गर्न सहमत भएको बताए ।
बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु अनुपस्थित रहेका थिए ।