मधेशकेन्द्रित दलहरुद्वारा सर्वदलीय बैठक बहिस्कार
प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठक मधेश केन्द्रित दलहरुले बहिष्कार गरेका छन्।
संविधान संशोधन नगरेरै स्थानीय निर्वाचनको घोषणा गरेको भन्दै असन्तुष्ट बनेका मधेश केन्द्रित दलहरुले प्रधानमन्त्रीले आज ३ बजे बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेका हुन्।
स्थानीय निर्वाचन घोषणा भइसकेको परिस्थितिमा छलफलका लागि प्रधानमन्त्री दाहालले आज संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक बोलाएका हुन् ।
सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै मधेशी मोर्चाले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको थियो।