संसद बैठक स्थगित
आज, १० फागुनका लागि डाकिएको व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ ।
आजको बैठकमा संविधान संशोधन विधेयकलाई कार्यतालिकामा राख्ने वा नराख्ने विषयमा दलहरुबीच सहमति हुन नसक्दा बैठक भोलि १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
सरकारले निर्वाचन घोषणासँगै संविधान संशोधन विधेयकलाई पनि अघि बढाउने निर्णय गरेको थियो । निर्वाचन घोषणाबाट असन्तुष्ट मधेशी मोर्चाले संविधान संशोधनपछि मात्रै निर्वाचन हुनुपर्ने माग राख्दै आएको छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले आज ३ बजे निर्वाचनबारे छलफलका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।