मेची महाकाली अभियान कसैका विरुद्ध होइन: ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनबाट एमालेले शुरु गर्ने मधेश केन्द्रित मेची-महाकाली अभियान कसैका विरुद्ध नभई राष्ट्रियता, सदभाव र विकासका लागि हुन लागेको बताएका छन् ।
आज पार्टी मुख्यालय धुम्बाराहीमा अभियानका लागि बेग्लै कार्यालयको स्थापना गरी आयोजित पत्रकार सम्मेलनमा ओलीले २१ पुसदेखि ४ चैतसम्म चल्ने मेची–महाकाली अभियानले राष्ट्रियता, साम्प्रदायिक सदभाव र देशविकासका पक्षमा जागरण ल्याउने बताए ।
उनले अभियान कसैको विरुद्धमा नभएको भन्दै कसैले अभियानमा अवरोध गर्न खोजे त्यसको सशक्त प्रतिकार गरिने पनि बताए ।
अभियानका क्रममा प्रत्येक गाउँगाउँबाट कार्यकर्ताहरुलाई राजमार्गसम्म अनिवार्य रुपमा आउन र आउन नसक्नेहरुले वडास्तरमै कार्यक्रम गर्न ओलीले आह्वान गरे ।
उनले स्थानीय तहको निर्वाचन घोषणा स्वागतयोग्य भएको बताएका थिए ।
यसैबीच निर्वाचन, संविधान संशोधन र अभियानबारे छलफल गर्न एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ ।