जीप दुर्घटनामा ४ को मृत्यु, ११ घाईते
पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको बर्दघाट– ४ मा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् ।
ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक श्यामकृष्ण केसीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको ना १ज १३१७ नम्बरको जीप दुर्घटना हुँदा नवलपरासी सुक्रौली– ८ का सुधाखर पाण्डे, सरावलकी चनमती थारु, चेतकुमारी सारु र भारत धरमपुरका चिन्तु सहनीको मृत्यु भएको हो ।
घाईतेहरु रामराज थारु, श्रीकृष्ण सहनी, राममुहरत सहनी, सृजना चौधरी, बिष्णु सहनी उमराज सहनी, धुरेन्द्र केवट, समिर खान, होमराज थारु लगायतका छन् ।
उनीहरुको स्थानीय क्लिनिक र भैरहवा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
विद्रोही गिरी, नवलपरासी