३१ वैशाखमा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव
निर्वाचन आयोगले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेको र त्यसमा सरकारका तर्फबाट के कस्तो सहयोग उपलब्ध गराउनुपर्छ भनी आयोगका पदाधिकारीसँग परामर्श गरेका थिए ।
परामर्शपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आयोग द्रुत गतिमा निर्वाचन गराउन तयार रहेको बताए । रासस