राप्रपा अध्यक्षमा कमल थापा विजयी
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा विजयी भएका छन् ।
९ फागुन साँझ सम्पन्न मतगणना अनुसार उनले २८०४ मत प्राप्त गरेका छन् ।
राप्रपाका निवर्तमान केन्द्रिय सदस्य हेमबाबु लेखकका अनुसार अध्यक्षका अर्का उम्मेदवार प्रदीपविक्रम राणाले २५१ मत पाएका छन् ।
अध्यक्षका लागि ३१३६ मत खसेका थिए ।
सदस्यहरुको मत गणना १० फागुन बिहानदेखि हुने जनाएको छ ।