राप्रपाको मतदान सुरू, थापा र राणा मैदानमा
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशमा मतदान सुरु भएको छ ।
अध्यक्ष चयनका लागि सुरू भएको मतदानमा कमल थापा र प्रदिपविक्रम राणा चुनावी मैदानमा रहेका छन् ।
कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयास असफल भएपछि एकता महाधिवेशन चुनावमा जान बाध्य भएको हो ।
महाधिवेशनको संघारमा कमल थापालाई अध्यक्ष बनाउन चार शीर्ष नेता सहमत भएपनि डा. प्रकाशचन्द्र लोहनीले सहमति तोड्दै अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेका थिए ।
अन्त्यमा आएर डा. प्रकाशचन्द्र लोहनीले आफ्नो उम्मेदवारी फिर्ता लिई आफू निकट प्रदिपविक्रम राणालाई उम्मेदवारी दिन लगाएका थिए ।
अध्यक्ष चयनका लागि मतदान सकिएपछि केन्द्रीय सदस्यहरुको चुनाव हुनेछ । केन्द्रीय सदस्यहरुको चुनावमा भने विद्युतीय भोटिङ मेसिन प्रयोग हुने राप्रपाले जनाएको छ ।