टाटाले नयाँ नानो ल्याउँदै
भारतको अटोमोवाइल्स कम्पनी टाटा मोटर्सले नानो मेगापिक्सल नामको नयाँ नानो कार बजारमा ल्याउने तयारी गरेको छ ।
मध्यवर्गीय भारतीयहरुलाई लक्षित गरेर कार ल्याउने तयारी गरिएको कम्पनीले जनाएको छ । कारको मुल्य ५ देखि ६ लाख भारतीय रुपैयाँ बीच हुने बताइएको छ ।
पेट्रोल र ब्याट्री दुवै इन्जिनबाट चल्ने उक्त कार ३२५ सीसी इन्जिन क्षमताको रहेको छ । कारमा एडभान्स टेक्नोलोजी जडान गरिएको कम्पनीले दाबी गरेको छ ।
कारलाई २०१७ को अन्त्यसम्ममा भारतीय बजारमा ल्याउने कम्पनीको लक्ष्य रहेको छ । कारको लम्बाई ३५०५ एमएम, चौडाई १६७३ एमएम र उचाई १४०५ एमएम रहेको छ । एजेन्सी