एनबी ब्याङ्कको नयाँ लोगो
नेपाल बंगलादेश ब्याङ्क लिमिटेडले नयाँ लोगो सार्वजनिक गरेको छ । ब्याङ्कले राजधानीमा एक समारोह आयोजना गरेर लोगो सार्वजनिक गरेको हो ।
ब्याङ्क संचालक समितिका अध्यक्ष जलाल अहमदले नयाँ लोगोसँगै एनबी ब्याङ्क नयाँ चरणमा प्रवेश गरेको बताए । लोगो सार्वजनिक कार्यक्रममा नेपाल राष्ट्र ब्याङ्कका उच्च पदस्थ कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, ब्याङ्क संचालक समितिका सदस्यहरू, प्रमूख कार्यकारी अधिकृत लगायत ब्याङ्कका कर्मचारीहरू उपस्थित थिए ।