ट्रक दुर्घटनामा आठ घाइते, दुईको अवस्था गम्भीर
मेची राजमार्गअन्तर्गत इलामको कोल्बुङ–२ मा आज बिहान ट्रक दुर्घटना हुँदा आठजना घाइते भएका छन् ।
झापाको विर्तामोडबाट इलामको पशुपतिनगरतर्फ गोलिया लिन गइरहेको को.३ प. ६०६० नंको ट्रक राजमार्गबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा कन्काई नगरपालिका–८ निवासी २६ वर्षीय विनोद तामाङ, सोही स्थानका २१ वर्षीय प्रवीण पौडेल, धाइजन–६ का १७ वर्षीय राजीव विक, कन्काई नगरपालिका–२ का ३३ वर्षीय राजेश राई, धाइजन–४ का २१ वर्षीय विवेक सुब्बा, कन्काई नगरपालिका–८ कै २६ वर्षीय सुमन पौडेल सामान्य घाइते र झापा बुधवारे–४ का २४ वर्षीय सविन धिमाल र कन्काई नगरपालिकाकै–८ कै ४२ वर्षीय दीपक राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए ।
घाइतेलाई उपचारका लागि झापाको विर्तामोडस्थित बी एन्ड सी अस्पतालमा लगिएको छ । रासस