आगो लगाई श्रीमतीको हत्या
नवलपरासीको पक्लिहवा ९ सकरदेहीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
घरायसी विवादका कारण ३५ वर्षीय निनु मुसहरले ३३ वर्षीया श्रीमती नदेरु मुसहरमाथि मट्टीतेल छर्केर आगो लगाई हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाका अनुसार आगोले घाइते भएकी नदेरुको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएकोे छ ।
शनिवार राति श्रीमान् निनुले मट्टिेतेल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी नदेरुलाई उपचारका लागि भैरहवा लगिएको थियो । श्रीमती हत्या गरेका उनलाई ईलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको प्रहरी निरीक्षक सापकोटाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विद्रोही गिरी, नवलपरासी