सात करोड हिनामिनाको आरोपी कार्की पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार रहेका काठमाडौँ बुढानीलकण्ठका मदनबहादुर कार्की पक्राउ परेका छन् । ६० वर्षीय कार्कीलाई ८ फागुनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
कार्कीले सात करोड ६४ लाख तीन हजार २४४ रुपियाँ हिनामिना गरेको ठहर गर्दै अदालतले तीन वर्ष कैद जरिवाना तिर्नुपर्ने फैसला सुनाएको थियो ।
उनले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडको रकम हिनामिना गरेको पुनरावेदन अदालत पाटनको ठहर छ । २९ बैशाख २०७१ मा अदालतले कैद तथा जरिवानाको फैसला सुनाएको थियो ।