विमानस्थलबाट डेढ किलो अवैध सुन बरामद
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आइतबार डेढ किलो अवैध सुन वरामद भएको छ ।
एअर अरेवियाको विमानबाट आइतबार मध्यान्ह काठमाडौं ओर्लिएका भारतिय मुलका नागरिक कश्यप कान्तिलाल करिब ७१ लाख ६० हजार बजार मूल्य बराबरको अबैध सुन सहित पक्राउ परेका हुन् ।
कश्यपले डेढ किलो सुनको दुईवटा सिक्री र बाला लगाएका थिए । यो तस्करीको नयाँ रुप भएको प्रहरीले जनाएको छ ।
संयुक्त अरब इमिरेट्सको पासपोर्ट बोकेका कश्यपले आफ्नो ठेगाना भारतको अहमवाद बताएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।