कांग्रेस-माओवादी बैठक बालुवाटारमा शुरु
सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस महामन्त्री सशांक कोइराला, शान्तिमन्त्री सीतादेवी यादव, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, मातृका यादव लगायत उपस्थित छन् ।
बैठकमा स्थानीय निर्वाचनको मिति घोषणा, राजनीतिक दलहरुसँग भएको सम्वाद र सहमतिको प्रयासबारे छलफल भइरहेको छ ।