तीन आयुक्तद्वारा सपथ ग्रहण
निर्वाचन आयोगका नवनियुक्त तीन आयुक्तले सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नवनियुक्त निर्वाचन आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहलेलाई पद तथा गोपनीयताको सपथ गराएका हुन ।
नेपालको संविधानको धारा २४५ को उपधारा ९२० बमोजिम संवैधानिक परिषद्को सिफारिसमा ५ फागुनमा शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयुक्तको पदमा नियुक्त गरी सपथ गराइएको हो ।