पूर्वराजा ज्ञानेन्द्र बारामा
पूर्वराजा ज्ञानेन्द्र शाह १२ दिने तराई भ्रमणका लागि बारा पुगेका छन् । ५ फागुनमा पूर्वरानी कोमलसहित बारा पुगेका शाहलाई सयौं स्थानीय बासिन्दाले स्वागत गरेका छन् ।
निजी भ्रमणका लागि बारा पुगेका पूर्वराजाको स्वागतमा सिमरा विमानस्थलदेखि गढीमाई नगरपालिकाको प्रभु निवाससम्म स्थानीय बासिन्दा फूल बोकेर लामबद्ध रहेका थिए । सर्वसाधारण लामबद्ध देखेपछि उनी पनि विमानस्थलबाट निवाससम्म पैदल हिडेका थिए ।
पूर्वराजा शाह निजी भ्रमणका लागि बारा आएको निजी सचिव सागरप्रसाद तिमिल्सिनाले जानकारी दिए । भ्रमणको तालीका ६ फागुनमा पत्रकार सम्मेलन गरेर नै सार्वजनिक गरिने उनले बताए ।
श्याम गुप्ता, बारा