यहि साता निर्वाचनको मिति घोषणा हुन्छः प्रधानमन्त्री
पाँचथरको नाँगीन र भारपालाई सिमाना छुट्याएर बग्ने हेँवा खोला ‘ए’ जलविद्युत आयोजनाको उद्घाटन गर्दै दाहालले बैशाखभित्र जसरी पनि निर्वाचन गराइने बताए ।
३ फागुनमा नेकपा (एमाले) अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासँग संवाद र छलफल गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चुनावको मिति घोषणा गर्ने वातावरण बनेको बताए । “यहि साता निर्वाचनको मिति घोषणा हुन्छ” प्रधानमन्त्री दाहालले भने ।
कार्यक्रममा बोल्दै एमाले संसदीय दलका उप–नेता सुवाषचन्द्र नेम्वाङले यथासिघ्र निर्वाचनको मिति घोषणा गरेर मुलुकलाई संविधान कार्यन्वयनतर्फ अग्रसर हुनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै उर्जामन्त्री जनार्दन शर्माले उर्जा क्षेत्रमा भएका अनियमिततालाई निमिट्यान्न पार्दै जनताको सहभागिता गराउन मन्त्रालयले काम गरिरहेको बताए ।
२०६७ मा पाँचथर पावर कम्पनीलेले निर्माण सुरु गरेको हेँवा ए जलविद्युत आयोजना यहि मंसिरमा सम्पन्न भएको हो । १४.९ मेगावाट क्षमताको आयोजना २ अर्ब ६० करोड लागेको कम्पनीका प्रबन्ध सञ्चालक पुष्पज्योति ढुंगानाले जानकारी दिए ।
लक्ष्मी गौतम, पाँचथर