हराएकी किशोरी मृत फेला
कैलालीको धनगढी उपमहानगरपालिका–१२ जगेडाबाट ६ दिनअघि बेपत्ता भएकी १६ वर्षीया अञ्जली सिंह मृत भेटिएकी छन् ।
हत्या गरेर घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा प्रहरी टोलीले ३ फागुन साँझ अञ्जलीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए ।
२७ माघमा अञ्जली बेपत्ता रहेकाले खोजी गरिदिन ३ फागनुमा आफन्तजनले जिल्ला प्रहरी कार्यालय, कैलालीमा निवेदन दिएका थिए । लगत्तै थालिएको अनुसन्धानको क्रममा उनको शव स्थानीय बासिन्दा हिक्मत सिंहको घर नजिकै खाल्डो खनेर घोप्टो पारिएको अवस्थामा फेला पारिएको चन्दले बताए ।
प्रहरीले हिक्मत सिंहलाई पक्राउ गरी घटनाको थप अनुसन्धान थालेको जनाएको छ । रासस