धानको मूल्य निर्धारण
जिल्ला मूल्य निर्धारण समिति, बाराले आव २०७३/७४ का लागि धान र मकैको मूल्य निर्धारण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरको अध्यक्षतामा बसेको जिल्ला मूल्य निर्धारण समितिको बैठकले चालु आवका लागि धान प्रतिक्विन्टल रु. दुई हजार ४०० तथा मकै प्रतिक्विन्टल रु. दुई हजार ८०० निर्धारण गरेको छ ।
मोहीले यस वर्ष जग्गाधनीलाई बुझाउनुपर्ने कुत बालीबापतको निर्धारण मूल्यअनुसारको रकम भूमिसुधार कार्यालयमा जग्गाधनीको नाममा यही फागुन मसान्तसम्म धरौटी जम्मा गर्नुपर्ने भूमिसुधार कार्यालयका प्रमुख रामकृष्ण उप्रेतीले बताए ।
आव २०७२/७३ मा समितिले धानको मूल्य प्रतिक्विन्टल रु. दुई हजार ३०० र मकैको मूल्य प्रतिक्विन्टल रु. दुई हजार ८०० निर्धारण गरेको थियो । एक हजार ७०१ मोहीले रु. एक करोड दुई लाख ४१ हजार जग्गाधनीको नाममा धरौटी जम्मा गरेका कार्यालयका लेखा सहायक रामएकवाल राउतकुर्मीले जानकारी दिए । रासस