दाइलाई बचाउन खोज्दा भाइको पनि मृत्यु
भिरबाट लडेका दाइलाई बझाउन खोज्दा भाइको पनि भिरमा खसेर मृत्यु भएको छ । बैतडीको गाँजरीका दाजुभाइको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाँजरी–२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परेको मृत्यु भएको स्थानीय बासिन्द्या वसन्त विष्टले जानकारी दिए । साँझ दुदिलाखान बजारबाट घर जाने बेला स्थानीय भानुभिरबाट खसेर दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
भिरबाट लडेका दाइलाई बचाउन खोज्दा दुवै जना भिरबाट लडेको विष्टले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले प्रहरी टोली घटनास्थलतर्फ गएको बताए । घटनास्थल पुग्न सदरमुकाम गोठलापानीबाट डेढ दिन लाग्छ ।