डिस होमको मोवाईल एप
डिस होमले मोवाइल एप शुरु गरेको छ । सेवालाई थप सजिलो बनाउन शुरु गरिएको मोबाइल एपमार्फत ग्राहकहरुले विभिन्न सेवा तथा सुविधा प्रयोग गर्न सक्नेछन् ।
बजारबाट कार्ड खरिद गरेर मोवाइल एपमार्फत रिचार्ज गर्न सकिने सुविधा छ । साथै रिचार्ज कार्ड खरिद गर्न सम्भव नभएका अवस्थामा एससीटीको एटीएम कार्डको कार्ड नम्बर र पीन नम्बर राखेर समेत सजिलै रिचार्ज गर्न सकिन्छ ।
ग्राहकहरुले लाइन काटिएमा तीन दिनको लागि लाइन खुलाउन क्रेडिट सेवा पनि यस एपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । ब्यालेन्सबारे जानकारी लिन, हप्ता भरिको कार्यक्रम तालिका हेर्न, वितरकहरुसंग सम्पर्क गर्न र बिक्रिपछिका सेवा प्राप्त गर्न समेत एप उपयोगी हुने कम्पनीले जनाएको छ ।