स्थानीय तहको सङ्ख्या बढी भयोः अध्यक्ष पौडेल
स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले आयोगले अहिले सिफारिस गरेको स्थानीय तहको सङ्ख्या बढी भएको बताएका छन ।
स्थानीय तहको पुनःसंरचनाको अवस्थाका विषयमा २ फागुनमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले बढीमा तीन सय स्थानीय तह हुनुपर्नेमा राजनीतिक दलका कारण नेपालमा ७१९ स्थानीय तह बनाउन बाध्य भएको बताए ।
अध्यक्ष पौडेलले आयोगले सिफारिस गरेको सङ्ख्या बढी भएको कुरा इतिहासले पुष्टि गर्ने उल्लेख गर्दै स्थानीय तह कार्यान्वयन नगर्ने भित्री मनसायका कारण केही राजनीतिक नेताले अहिले पनि सङ्ख्या बढाउनुपर्ने भनिरहेको आरोप लगाए ।
“नयाँ संविधानले दिएको परिकल्पनाअनुसार स्थानीय तहको सङ्ख्या बढी बनाउनु भनेको सिंहदरबारको अधिकारलाई धेरै ठाउँमा विभाजन गर्नु नै हो” उनले भने “संविधानले स्थानीय तहमा दिएको अधिकार कार्यान्वयन हुन नदिनका लागि केहि दल र त्यसका नेताले यसको सङ्ख्या बढाउने खेलमा लागेको छ ।”
अध्यक्ष पौडेलले छोटो समयमा धेरै काम गर्नुपरेका कारण सबै कुरा भनेजस्तोगरी मिलाउन नसकिएको स्वीकारे । रासस