कानून व्यवसायीले गरेको सामुहिक राजीनामा फिर्ता
नेपाल वार एसोसिएसनको सदस्यतबाट कानून व्यवसायीले गरेको सामुहिक राजीनामा फिर्ता लिएका छन् ।
वार एसोसिएसनको वार्ता समिति र कानून व्यवसायी समन्वय समितिबीच भएको छलफलपछि सामुदाकिय राजीनामा फिर्ता लिएका हुन । उच्च अदालतमा न्याय परिषदले न्यायाधीश नियुक्तिका लागि गरेको सिफारिसको विरोध गर्दै पर्सादेखि सप्तरीसम्मका कानून व्यवसायीले २७ माघमा सामुहिक राजीनामा दिएका थिए ।
वारको वार्ता समिति र कानून व्यवसायी समन्वय समितिबीच ७ बुदे सहमति भएको छ । सहमतिमा वार्ता समितिका तर्फबाट संयोजक वरिष्ठ अधिवक्ता कमलनारायण दास र समन्वय समितिका तर्फबाट संयोजक अधिवक्ता सुधिर कुमार कर्णले हस्ताक्षर गरेका छन् ।