अर्घाखाँची सिमेन्टले उत्पादन क्षमता १५० प्रतिशतले बढाउने
अर्घाखाँची सिमेन्ट प्रालिले आफ्नो उत्पादन क्षमता दैनिक १२ सय मेट्रिक टनबाट तीन हजार मेट्रिक टन पुर्याउने भएको छ । क्षमता बृद्धिका लागि रु. ४ अर्ब १३ करोड भन्दा बढीको लगानी थप गरिने कम्पनीले जनाएको छ । अर्घाखाँची सिमेन्टका निर्देशक मनोज केडिया र नवील बैंकका सिईओ सशिन जोशीबीच क्षमता बृद्धिको लागि लगानी थप गर्ने सम्झैता भएको हो ।
उद्योगको प्रर्वधकहरुले रु. १ अर्ब २४ करोड लगानी गर्ने र बाँकी रकम बैंकहरुबाट कर्जा स्वरुप लगानी गरिने भएको छ । नबिल ब्याङ्कको अगुवाईमा नेपाल बैंक, एनआइसि एसिया, ग्लोवल आइमई , प्राइम, सानिमा र सेन्चुरी बैंकले रु.. २ अर्ब ८९ करोडको लगानी गर्ने सम्झैता भएको छ ।
सिद्धार्थ ग्रुप ,मुरारका अर्गनाइजेशन, केडिया अर्गनाइजेशन र भारतको युएमए सिमेन्ट इन्टरनेसनलको संयुक्त लगानी रहेको अर्घाखाँची सिमेन्ट यो क्षमता वृद्धिसँगै नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग बन्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।