भ्यालेन्टाईन–डे मनाउन सौराहा जानेलाई ३० प्रतिशत छुट
प्रणय दिवसका अवसरमा सौराहा खाना महोत्सवमा ३० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले खान बस्नमा १५ प्रतिशत र साना पर्यटन व्यवसायी समूहमार्फत उपहार सामग्रीहरु खरिदमा ३० प्रतिशत छुटको घोषणा गरेका हुन् ।
छुटका लागि खाना महोत्सव परिसरमा रहेको सचिवालयबाट बुकिङ लिनुपर्ने रेस्टुरेन्ट एण्ड बार एसोसिएसनका क्षेत्रीय अध्यक्ष लालबहादुर भट्टले जानकारी दिए । २९ माघमा शुरु महोत्सव ४ फागुनसम्म चल्ने आयोजकले जनाएको छ ।
सौराहामा १०० बढी सुविधायुक्त होटलमा दैनिक दुई हजार ५०० पर्यटक बस्न सक्ने क्षमता छ । यसपटक खाना महोत्सवमा स्थानीय परिकार, थारुको परिकार र सौराहामा हुने खाना तथा अन्तर्राष्ट्रिय परिकार प्रदर्शन गरिदै छ ।
महोत्सवबाट आएको आम्दानीमध्ये केही प्रतिशत अपाङ्ग तथा वृद्धवृद्धालाई सहयोग, खेल मैदान व्यवस्थापन, स्थानीय क्लब तथा उज्यालो सौराहा कार्यक्रममा खर्च गरिने जनाईएको छ ।रासस