बडिमालिका ग्राभिटी रोपवे सञ्चालित
बाजुराको बडिमालिका नगरपालिकामा ग्राभिटी रोपवे सञ्चालनमा आएको छ ।
बडिमालिका नगरपालिका ५ र ६ का बासिन्दाले लगाएको आलु फापरलगायत खाद्यान्न बाली ओसारपसार गर्नका लागि रोपवे सञ्चालनमा ल्याइएको उपभोक्ता समितिका अध्यक्ष प्रेम साउदले बताए ।
जिल्ला कृषि विकास कार्यालय बाजुराको समन्वय र प्राक्टिकल एक्सन मानव संसाधन केन्द्र बाजुराअन्तर्गत विकास परियोजनाको आर्थिक सहयोगमा रोपवे निर्माण गरिएको थियो । यसबाट बडिमालिका–६ मना र रिलाका दुई सय चार परिवार लाभान्वित भएका छन् ।
उपभोक्ता समितिको करिब रु सात लाख ९१ हजारको जनश्रमदान र मानव संसाधन केन्द्र विकास परियोजनाको रु १८ लाख ६५ हजारबाट रोपवे बनाइएको उपभोक्ता समितिका अध्यक्ष नीरबहादुर शाहीले जानकारी दिए । रोपवेको उचाइ नौ सय आठ मिटर छ । रासस