पश्चिम सेती र कर्णालीको काम अगाडि बढाइँदै
ऊर्जामन्त्री जनार्दन शर्माले पश्चिम सेती र कणाली जलविद्युत आयोजनाको काम अगाडी बढाउन लागिएको बताएका छन् ।
प्रेस सेन्टर कञ्चनपुरले २९ माघमा महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले संरचनात्मक समस्याका कारण चमेलिया विद्युत् आयोजना केही ढिलाइ हुन गएको जानकारी दिए । उनले चमेलिया जलविद्युत् परियोजना निर्माण सम्पन्न भई केही महिनाभित्रै सञ्चालन हुने बताए ।
“पूर्वपश्चिममा रहेका सबै जलविद्युत् आयोजनालाई अघि बढाउन गृहकार्य हुँदैछ”, मन्त्री शर्माले भने– “जलविद्युत्मा निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नुपर्छ ।” उनले पश्चिम सेती, कर्णालीलगायतका जलविद्युत् आयोजनाको काम अगाडि बढाउन मन्त्रालयले पहल गरिरहेको जानकारी दिए । रासस