प्रधानमन्त्रीलाई संसदीय समितिले बोलायो
व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बैठकमा बोलाउने भएको छ । समितिको सिंहदरबारमा २८ माघमा बसेको बैठकले समितिको आगामी बैठकमा प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्याक्तिको छानबिन आयोगलाई आवश्यक कानूनहरू निर्माण, आवश्यक जनशक्त्ति तथा आर्थिक स्रोत व्यवस्थापन गर्ने सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीलाई बोलाइएको हो । यस्तै राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सम्बन्धमा पनि समितिले प्रधानमन्त्रीसँग छलफल गर्न लागेको हो ।
प्रधानमन्त्रीसँगै शान्ति तथा पुनरनिर्माण मन्त्री, कानून न्याय तथा संसदीय मामिला मन्त्री र राष्ट्रिय मानव अधिकार आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपत्ता पारिएका व्याक्तिको छानबिन आयोगका अध्यक्षहरूलाई पनि समितिले बैठकमा बोलाउने निर्णय गरेको छ ।