प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच २८ माघमा भेटवार्ता भएको छ ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको ललितपुरको हरिसिद्धिस्थित निवासमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटबार्ता भएको हो । भेटवार्तामा संविधान संशोधन, स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
भेटवार्तामा प्रधानमन्त्री दाहालले संविधान संशोधनमा सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । एमाले अध्यक्ष ओलीले पहिले निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको जनाएको छ ।
दाहाल र ओलीबीच भएको भेटवार्ता सकारात्मक रहेको जनाएको छ । भेटवार्तामा एमाले उपाध्यक्ष भीम रावल र माओवादी केन्द्रका नेता नारयाणकाजी श्रेष्ठ पनि सहभागि रहेका थिए ।