निर्वाचनसम्बन्धी दुई विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्बाट पारित निर्वाचनसम्बन्धी दुई विधेयकलाई प्रमाणीकरण गरेकी छन् ।
प्रमाणीकरणको लागि पेस हुन आएका ‘निर्वाचन (कसूर तथा सजाय) विधेयक, २०७३’ र ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई राष्ट्रपति भण्डारीले २८ माघमा प्रमाणित गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हादप्रसाद पुडासैनीले जानकारी दिए ।
'स्थानीय तह निर्वाचन विधेयक, २०७३' विधेयक प्रमाणिकरण भएसँगै स्थानीय तहको निर्वाचन गर्न बाटो खुलेको छ ।