नेपालद्वारा नेदरल्याण्ड १९ रनले पराजित
आईसिसि वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीपको अंक तालिकाको शीर्षस्थानमा रहेको नेदरल्याण्डलाई नेपालले १९ रनले पराजित गरेको छ । जितसँगै नेपालको ८ खेलबाट ६ अंक भएको छ ।
नेपालले दिएको २१८ रनको चुनौति पछ्याएको नेदरल्याण्ड १९८ रनमा अलआउट भएको थियो । २१७ रन जोड्ने क्रममा टीम नेपालका कप्तान पारस खड्काले ८४ रन जोडेका थिए । खड्का, सोमपाल कामी र बसन्त रेग्मीले समान दुई दुई विकेट झारेका थिए ।
३० भदौमा भने नेपाल नेदरल्याण्डसँग पराजित भएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २१७ रन बनायो ।
६५ रन बनाउँदा तीन विकेट गुमाइसकेकोमा कप्तान खड्का र सागर पुनले ११८ रनको साझेदारी गरी स्कोर उकासेका थिए ।
पुनले ४५ रन बनाएको खेलमा उपकप्तान ज्ञानेन्द्र मल्ले ३९ रन बनाए ।