सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थपियो
सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थप गरेको छ।
आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले आयोगको समयावधि एक वर्ष थप्ने निर्णय गरेको हो ।
२७ माघ २०७१मा गठन भएको आयोगको म्याद हिजो २६ माघमा सकिएको थियो।