माछा मार्न जाँदा डुबेर बालकको मृत्यु
डोल्पाको नर्क गाविस-३ का ९ वर्षीय हिमाल शाहीको भेरी नदीमा डुबेर मृत्यु भएको छ ।
माछा मार्न गएको बेला २६ माघमा भेरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव प्रहरी र स्थानीय बासिन्दाले पाँच घन्टापछि भेरी नदीबाट निकालेको स्थानीयवासी पुष्पराज शाहीले बताए । रासस